×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्धारा ‘महालक्ष्मी लिडर्स समिट-२०७८’सम्पन्न

LAXMI SUNRISE BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडद्धारा ‘महालक्ष्मी लिडर्स समिट-२०७८’सम्पन्न

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले पोखराको ल्याण्डमार्क होटलमा ‘महालक्ष्मी लिडर्स समिट-२०७८’ सम्पन्न गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न उक्त सम्मेलनमा देश भरिबाट व्यवसायिक लक्ष्य पुरा गरेका बीमा अभिकर्ताहरुको सहभागिता रहेको थियो । जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ ।

नेपाल जस्तो स्रोत साधन कम भएको देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यवसायिक रुपमा संचालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा सहभागिहरुलाई तालिम दिइएको थियो । निम्न वर्गमा बीमाको पहुँच बृद्धि गर्न तथा युवा वर्गमा बीमा सम्बन्धि जनचेतना बृद्धिको लागि ‘युवासंग-महालक्ष्मी लाईफ’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ गाउँ सम्म पुर्‍याउने निर्णय समेत गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले तथा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । प्रबन्धक सिताराम धिमालले संचालन गरेको कार्यक्रमको पहिलो सत्रमा मोटिभेटर राजावावु साह र दोस्रो सत्रमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम प्रदान गरेका थिए ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी