Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

अर्थ सरोकार

सुनसरी । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु गरेको युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ। मंसिर ५ गते इटहरि नमुना कलेजमा ५० जना बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस चिफ डि.एन.न्यौपानेले गरेका थिए भने उक्त कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए । उक्त कार्यक्रम एरिया प्रमुख शिपुजन शाहले सञ्चालन गरेका थिए।

त्यसै गरी सोही दिन हरिनगरा मा.वि.मा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति रहेको अर्को कार्यक्रममा बीमा सम्बन्धी चेतनामुलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए । उक्त कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखा प्रमुख सञ्जय शाह तथा उप क्षेत्रिय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए । कार्यक्रमका अध्यक्ष तथा प्रधान अध्यापक  बलराम मण्डलले समिक्षा मन्तब्य दिएका थिए भने उक्त कार्यक्रमको सञ्चालन जनजागरण जिल्ला कमिटिका संयोजक खड्ग नारायण उराँवले गरेका थिए ।

त्यसैगरी मंसिर ६ गते गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए । प्रमुख अथिति प्रशासकिय अधिकृत  मोहन यादव रहेको उक्त कार्यक्रममा बीमाको महत्व बारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेश कुमार शाहले प्रकाश पारेका थिए  भने उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रदान गरेका थिए ।

कम्पनीका कर्मचारी मनोज कुमार यादवले सञ्चालन गरेका थिए उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमको सराहना गर्दै यस कार्यक्रमले जनस्तरमा बीमा बारे बुझ्न र समाजमा रहेका बीमा सम्बन्धी अन्यौललाई हटाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK