×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते बोलायो वार्षिक साधारणसभा, प्रस्तावित ५० प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महिला लघुवित्त वित्तीय संस्थाले मंसिर २२ गते बोलायो वार्षिक साधारणसभा, प्रस्तावित ५० प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २२ गते वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा हिमालय दृष्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान १०ः३० बजेबाट सुरु हुने भएको छ । उक्त सभाले कम्पनीले ५० प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । यता अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावका साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने भएको छ । सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार कात्तिक मंसिर १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभशं पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी