काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा महिला २ करोड ८६ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ४४.२१ प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको यसैअवधिमा ४ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यसअवधिमा ६०.७३ प्रतिशतले बढाएर ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । ।
यस्तै कम्पनीले सञ्चालन नाफा पनि २२.१८ प्रतिशतले बढाएर १ करोड ९३ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५८ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ११४ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३२८ रुपैयाँ ९४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्