×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक करोड ३० लाखको लागतमा कङ्केश्वरी मन्दिरको संरचना पुनःनिर्माण गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक करोड ३० लाखको लागतमा कङ्केश्वरी मन्दिरको संरचना पुनःनिर्माण गरिने

Artha Sarokar

१ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महानगरपालिका-१९ स्थित कङ्केश्वरी मन्दिर परिसरका कलात्मक ढोका, पर्खाल र पाटी पौवा पुनःनिर्माण गरिने भएको छ । महानगरपालिकाको रु एक करोड ३० लाख बजेटमा मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण गरी पर्यटकीय पूर्वाधारको काम गर्न लागिएको वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका यी संरचना छ वर्षपछि महानगरपालिकाले बजेट विनियोजन गरेपछि चालु आर्थिक वर्षमै पुनःनिर्माण सुरु गर्ने गरी काम अघि बढेको छ ।

मन्दिर क्षेत्रमा चारवटा पाटी पौवासहित विष्णुमती नदी किनारको चिहान एवं घाटसमेत सुधार गर्न लागिएको छ । मङ्सिर ३ गते साइत हेरेपछि मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण सुरु हुनेछ । मन्दिर क्षेत्रका सम्पदा सुरक्षित राख्न वरिपरि पर्खालले घेर्न लागिएको हो ।

भूकम्पले भत्किएको मन्दिर भने पुरातत्व विभागको ठेक्कामा गत वर्ष नै पुनःनिर्माण सकिए पनि पहिलेको आकारभन्दा फरक पारिएको भन्दै स्थानीय समितिले बुझेको छैन । स्थानीयवासीले पहिलेको आकारप्रकार एवं स्वरुप बिगारेर मन्दिर पुनःनिर्माण गरेकामा आपत्ति जनाउँदै आएका छन् ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी