मान्म । कालीकोटको तिलागुफा नगरपालिका-१० को चिल्खायामा रोपवे सञ्चालन हुँदा फलफूल तथा तरकारी ढुवानी गर्नका लागि सजिलो भएको छ । गाउँबाट तरकारी तथा फलफूललाई बजार पुर्याउन ५ घण्टाको भारी बोकेर बजार पुर्याउनुपर्ने बाध्यता थियो । यसलाई निराकरण गर्न विभिन्न संस्थाको २९ लाखका लागतमा रोपवे सञ्चालनमा ल्याइएको थियो ।
गाउँमा उत्पादित वस्तु बजारमा लैजान सजिलो भएको तिलागुफा-९ वडाध्यक्ष मुनबहादुर थापाले बताउनुभयो । “गाउँमा उत्पादन भएको स्याउ र तरकारीहरुलाई ढुवानी गर्न निकै ग्राहो हुने गरेको थियो,” उहाँले भन्नुभयो, “रोपवे सञ्चालनमा आएपछि आधा घण्टामा नै तरकारी तथा अन्य गाउँमा उत्पादन भएको वस्तु कर्णाली राजमार्गमा पुग्छ ।”
किसानले राम्रो आम्दानी लिन थालेको स्थानीय कृष्णबहादुर शाहीले बताउनुभयो । “गाउँमा राम्रो तरकारी तथा फलफूल उत्पादन हुने गरेको छ ।” उहाँले भन्नुभयो, “विगतमा बजारसम्म पुर्याउन नै समस्या हुने गरेको थियो । अब बजारमा तरकारी तथा फलफूल पुर्याउन सजिलो भएको र किसानहरुले राम्रो आम्दानी लिन थालेका छन् ।”
पहाडी तथा हिमाली क्षेत्रका सडक सञ्जाल नछोएका ठाउँहरुमा मालसमान ओसार्नका लागि रोपवे नै उपयुक्त हुने वडाध्यक्ष थापाले जानकारी दिनुभयो । “सडक सञ्जालले नछोएका ठाउँमा रोपवे नै सामान ढुवानीको उपयुक्त साधन हो,” उहाँले भन्नुभयोे, “रोपवेबाट एकपटक माथिबाट ९० किलोग्राम ढुवानी गर्ने गरेको छ ।”-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्