काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु गरेकि छिन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताईन् ।
मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनु परेको समस्या, हलीया र कमैया कमलरीको समस्या समाधान गर्न आफुले पहल सुुरु गरिसकेको भन्दै तल्ला स्तरमा रहेका जनताको संविधानमा व्यवस्था भएको अधिकार स्थापित गर्न आफु लागिरहेको बताईन् । उनले पत्रकारजगतले सहि सूचना संप्रेषण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव ल्याउने भन्दै अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेकाले जनतालाई सही सूचना संप्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउन समेत आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान विरोधी तत्वले अझै पनि संविधान मास्न बल गरिरहेकोले त्यसलाई पुरा हुन नदिन यस अघि जस्तै गरि सञ्चार जगतले भूमिका खेल्नुपर्नेमा जोड समेत दिनुभयो । “प्रतिगामी तत्वले अहिले संविधान मास्न खोजिरहेका छन्, संविधानमाथि पटक–पटक हमाला गरिरहेका छन्, जनताको सार्वभौम थलो प्रतिनिधि सभा विघटन गरेर दुई-दुई पटक संविधानलाई मृत शैयामा पुर्याउने काम भयो यस्तो समयमा पत्रकारले आफ्नो विवेक नगुमाई काम गरेको र देशका सवै पक्ष लागेका कारण संविधान विरोधी तत्वलाई पछाडी धकेल्न सफल भयौ, तर थोरै ठाउँ पाउदा फेरी पनि संविधान विरोधी तत्व अगाडी आउन सक्छ, त्यसकारण जनतालाई सहि सूचना दिन सक्यौ भने हामी फेरी पनि जित्ने छौ ।”उहाँले भन्नुभयो । उहाँले संविधान अनुसार सेना, प्रहरी, प्रशासन र न्यायलयमाथि अग्रगामी पुनरसंरचना गर्न नसेका कारण सोचे जसरी काम गर्न समस्या थपिएको भन्दै यसले संघीयताको कार्यान्वयनमा समेत थप चुनौति थपिरहेको बताउनुभयो ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्