×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भूमि सम्बन्धी समस्याको दिगो रुपमा नै समाधान गर्ने गरी कार्ययोजान बनाउन सुरु गरेका छौ’ : मन्त्री श्रेष्ठ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘भूमि सम्बन्धी समस्याको दिगो रुपमा नै समाधान गर्ने गरी कार्ययोजान बनाउन सुरु गरेका छौ’ : मन्त्री श्रेष्ठ

Artha Sarokar

९ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधन गर्न संविधानमा भएको व्यवस्थालाई कायान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएको छ । रामेछापको सुनापति गाउपालिका वडा न. ४ को दोस्रो वडा सम्मेलन घोषणासभा तथा शहिद बाबुराम तामाङको शालिक अनावरण समारोहमा मन्त्री श्रेष्ठले अवको केही समयभित्रै भू-उपयोग नीयमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर व्यवसायिक कृषि र उत्पादनमा बृद्धी हुने विश्वाससमेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले अबका दिनमा शहकारीको माध्यमबाट युवास्वरोजगार बढाउन मन्त्रालयले पहल सुरु गरिसकेको पनि बताएकी छिन् । मन्त्री श्रेष्ठले “भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिहरुबाट भएका कामहरुलाई ग्रहण गरेर सवैभन्दा धेरै काम भएका ठाउँबाट काम सम्पन्न गर्ने तथा थोरै स्रोत साधनबाट पनि छिटो काम सम्पन्न गर्ने र कामहरुलाई छिटो पूर्णता दिने गरी आफुले कामको थालनी गरिसकेको र त्यसपछी बाँकी काम गर्दै जाने कुरामा जोड दिएकी छिन् ।

मन्त्री श्रेष्ठले हलिया कमैया, कमली,तथा हरुवा चरुवाको समस्या समाधान पिडित सँग आफूले छलफल सुरु गरिसकेको र छिट्टै एउटा कार्यदल बनाएर त्यसको सत्यतथ्यका आधारमा दिएको प्रतिवेदन अनुसार काम सुरु गर्ने पनि जानकारी दिएकी छिन् । मन्त्री श्रेष्ठले रामेछाप जिल्ला कृषि तथा फलफुलका लागि महत्वपूर्ण भूमि रहेकाले यसलाई सहकारीका माध्यमबाट व्यवसायिक र उत्पदनमुलक बनाउदै अगाडी बढ्नु पर्नेमा जोडसमेत दिएकी छिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी