×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकद्धारा तिहार लक्षित नयाँ योजना सार्वजनिक, दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने

LAXMI SUNRISE BANK
GLOBAL

मेगा बैंकद्धारा तिहार लक्षित नयाँ योजना सार्वजनिक, दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने

१८ कार्तिक २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंक लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप “इ-तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन’ ल्याएको हो ।

‘इ-तिहार क्याम्पियन’ भाइटिकाको दिनलाई लक्षित गरी ल्याइएको हो । भाइटिकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक पाइने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, ‘मेगा मार्ट क्याम्पियन’लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी