×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको ११औं वार्षिक साधारणसभा मंसिर २८ गते हुने, यस्ता छन् पारित गरिने मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेगा बैंकको ११औं वार्षिक साधारणसभा मंसिर २८ गते हुने, यस्ता छन् पारित गरिने मुख्य एजेण्डाहरु

Artha Sarokar

७ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंकको वार्षिक साधारणसभा हुने भएको छ । कैंकको ११औं वार्षिक साधारणसभा मंसिर २८ गते हुने भएको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ः१५ बजेदेखि सभा सुरु हुने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेण्डा पनि रहेको छ । यसैगरी अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि रहेको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ मंसिर १३ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी