काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ । प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ जिल्लाको ज्वालामुखी गाउपालिका वडा नम्बर २, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ सेवाको विस्तार गरेको हो ।
शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहा नरसिंह गाउपालिका १, सुनसरीमा प्रबिनकुमार मेहता, पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउपालिका वडा नम्बर २ सातदोबाटो, धादिङ्मा नारायणप्रसाद सिम्खडालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवा अन्तरगत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने ब्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।
बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण औजारको रुपमा रही आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्