काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हने । कम्पनीकोे पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा २९७.९८प्रतिशतले बढेर १२ करोड ८५ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २३ लाख १५ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
यस्तै खुद ब्याज आम्दानी २७ करोड १९ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २८ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी १४०.९४ प्रतिशतले बढी हो । यस्तै कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्ष १ करोड ७ लाख ७८ हजार रुपैयाँ रहेको थियो भने यस वर्ष १६ करोड १७ लाख ८८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३० पैसाले बढेर ५१ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्