काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ५ लाख ७१ हजार ५९८ कित्ता संस्थापक समूहको सेयर लिलामी भर्ने आज कात्तिक २३ गते मंगलबार अन्तिम दिन रहेको हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक १२ गतेदेखि संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको थियो । यसमा न्यूनतम ४५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिने भएको छ ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंमा बुझाउन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्