×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था १०औं वर्षमा प्रवेश, अनौपचारीक कार्यक्रम गरी मनाए बार्षिकोत्सव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था १०औं वर्षमा प्रवेश, अनौपचारीक कार्यक्रम गरी मनाए बार्षिकोत्सव

Artha Sarokar

२६ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड १०औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाको नवौं बार्षिकोत्सव एक अनौपचारीक कार्यक्रम गरी मनाएको छ । संस्थाले १०औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पुर्ण ग्राहक, नियमक निकाय, शेयरधनी तथा सरोकारवालापक्ष लगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सबैको माया साथ र सपोर्टको अपेक्षा गरेको बताएको छ ।

संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गर्दै आइरहेको छ  ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी