काठमाडौं । माउण्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ७८५.८२ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३ करोड ३१ लाख ३४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिद्युत बिक्रीबाट आम्दानी बढेर कुल ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा भने विद्युत बिक्रीबाट ४ करोड ९३ लाख ५७ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड भन्दा बढी पुगेको कम्पनीको रिटेन्ड अर्निङ ७० करोड ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि १२१ रुपैयाँ १८ पैसाबाट बढेर १३५ रुपैयाँ ७९ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्