×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकले बोलायो मंसिर २५ गते १५औं वार्षिक साधारणसभा, यस्ता छन् पारित गरिने मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ विकास बैंकले बोलायो मंसिर २५ गते १५औं वार्षिक साधारणसभा, यस्ता छन् पारित गरिने मुख्य एजेण्डाहरु

Artha Sarokar

५ मंसिर २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २५ गते १५औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सभा बिहान ९ बजे होटल जलमहल घारीपाटन पोखरा कास्कीमा हुने भएको छ । कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

उक्त सभाले १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले बैंकको चुक्ता पूँजी ८ अर्ब पुर्याउने, सोही अनुसार प्रबन्धपत्रको सम्बन्धीत दफा सम्शोधन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ। यस आधारमा मंसिर १४ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी