×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको १७.५७५ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, मंसिर २५ गते बोलायो साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकको १७.५७५ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, मंसिर २५ गते बोलायो साधारणसभा

Artha Sarokar

१४ मंसिर २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । बैंकको १७.५७५ प्रतिशत लाभांश सुरक्षित गर्ने मंसिर १४ मंगलबार अन्तिम दिन रहेको हो । बैंकले १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर १४ गते मंगलबारदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ आजसम्म नेप्सेमा कायर रहने सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । मुक्तिनाथको साधारणसभा मंसिर २५ गते हुने भएको छ । सभा बिहान ९ बजे होटल जलमहल धारापाटन पोखरामा सुरु हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी