नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालन गर्ने भएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार २६४ लगानीमा उद्योग सञ्चालन गर्न लागेको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रिकृत आयोजना सहयोग एकाइ पोखराको ५० प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालन गरिने संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । आइतबार हर्कपुरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले सहकारीका शेयर सदस्य, उपभोक्ता एवं स्थानीयवासी सबैलाई लाभ हुने गरी उद्योग सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले उद्योग सञ्चालनका लागि र आगामी दिनमा आवश्यक अन्य सहयोग एवं पुनः अनुदान आवश्यक भए लगानीको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।
गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले जनतालाई फाइदा हुने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिन आग्रह गर्दै वडाको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने बताउनुभयो । मुकुन्दसेन दाना उद्योगका सम्पर्क व्यक्ति एवं सहकारीका व्यवस्थापक रमाकान्त घिमिरेले उद्योग सञ्चालनका लागि पूर्वाधार विकासमा वडा, नगरपालिका तथा स्थानीयवासीको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उद्योग सञ्चालनका स्वीकृत बजेटबारे जानकारी दिँदै मुकुन्दसेन दाना उद्योगका सम्पर्क व्यक्ति एवं सहकारीका सहायक व्यवस्थापक सागर सापकोटाले संस्थागत लगानी रु ३९ लाख ४६२, बैंक ऋण रु ५८ लाख ४८ हजार ६२४ र आयोजना अनुदान रु ९७ लाख ३६ हजार १७८ रहेको जानकारी दिनुभयो ।
आगामी असार मसान्तसम्म उद्योग निर्माण सम्पन्न गरी उत्पादन सुरु गर्ने सहमति भई गत असोज ११ गते आयोजनासँग सम्झौता भइसकेको छ । मुकुन्दपुर क्षेत्रको दूध व्यवस्थित गर्दै कृषकलाई आर्थिकरूपमा सबल बनाउने कार्यमा सहकारी लागिरहेको छ । दाना उद्योग सञ्चालनमा आएपछि गैँडाकोटको मुकुन्दपुर, अमरापुरी र रजहर क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ ।
संस्थाको मातहातमा १५० वटा व्यावसायिक पशुपालन फार्म दर्ता भएका छन् । ६५० जना कृषक दुग्ध व्यवसायमा संलग्न रहेका छन् भने सहकारीमा दैनिक १५ हजार लिटर दूध सङ्कलन हुँदै आएको छ । विसं २०५३ मा स्थापित संस्थामा हाल ८९० जना शेयर सदस्य छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्