काठमाडौं । नबिल बैकले सेयरधनीहरुलाई आकर्षक लाभांश घोषणा गरेको छ । बैकको मंगलबार बसेको संचालक समितिको बैठकले ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । नबिलले बोनस ३३.६ प्रतिशत र नगद ४.४ प्रतिशत नगद प्रतिशत गरी कुल ३८ प्रतिशत लाभांश दिने भएको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानिकर्ताले पाउनेछन् ।