×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच सम्झौता, दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच सम्झौता, दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य

काठमाडौं । नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच सम्झौता भएको छ । युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको हो ।

यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पर्याई युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्धारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतन नाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: