×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच सम्झौता, सुरक्षित रुपमा रकम पठाउन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच सम्झौता, सुरक्षित रुपमा रकम पठाउन सकिने

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट क.लिसँग रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी-भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् । रेमिटेन्स गर्ने बित्तिकै नेपालभरका १५,००० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सक्नेछन् ।

ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिने भएको छ । बैंकले आफ्ना रेमिट्यान्स/विप्रेषण ग्राहकहरुका लागि रेमिटरहरुका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी/विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु, र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरु प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले आफ्नो रेमिटेन्स सहयोग केन्द्रमार्फत् सबै रेमिट्यान्स सम्बन्धि प्रश्नहरुका लागि प्राथमिकता सेवा सम्बन्धि सहयोग समेत प्रदान गर्नेछ ।

साझेदारी सम्झौता हस्तानान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरुलाई भेलाको बारेमा उल्लेख गरे । उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वको बारेमा उनीहरु दुवैले विशेष जोड दिएका छन् । विदेशबाट फर्किने कामदारहरुका लागि नेपालमा उपलब्ध अवसर एवं वित्तीय पहुँच र औपचारिक माध्यमहरुमार्फत् विदेशबाट रकम पठाउनु कसरी सुरक्षित हुन्छ र यसले व्यक्तिगत विकासको जग बसाल्न मद्दत गर्छ भन्ने कुराको बारेमा पनि कार्यक्रममा विशेष जोड दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: