काठमाडौं । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । उमेर हदको कारण अर्थ मन्त्रालयको कात्र्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको कारण कोषले बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको लिंकेजलाई निरन्तरता दिनुपर्ने बताउँदै आफुले ३७ महिनाको कार्यकालमा धेरै बिषयहरु सिक्न पाएको बताए । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो ।