×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषद्धरा एक करोड ६८ लाख कोभिड मुत्यु दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नागरिक लगानी कोषद्धरा एक करोड ६८ लाख कोभिड मुत्यु दाबी भुक्तानी

Artha Sarokar

८ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस, कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ । कोभिड–१९ को सुरुवात देखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने कोषले निर्णय गरेको थियो । सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ ।

कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । उक्त शाखाका बरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुको श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तारण गरेका हुन् । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफुलाई राहत पुगेको बताकी छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी