Skip to content
LAXMI SUNRISE BANK

नारायणी डेभलपमेन्ट बैंकले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

अर्थ सरोकार

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १ बराबर १ को अनुपातमा हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

बैंकले उक्त हकप्रद सेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले बोर्डबाट मंसिर ३ गते शुक्रबार अनुमति पाएको हो । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । गत माघ १६ गते सम्पन्न बार्षिक साधारणसभमा बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK