काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ८ करोड ६७ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा २६.७२ प्रतिशतले कम हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ८३ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको जीवन बिमा कोषको आकार भने २४.९० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा कोषमा ३५ अर्ब ९४ करोड २४ लाख ३५ हजार रुपैयाँ थियो भने यो त्रैमासमा बढेर ४४ अर्ब ८९ करोड १८ लाख २ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष २ अर्ब ८० करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष २३.०१ प्रतिशतले बढाएर ३ अर्ब ४४ करोड ८२ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्