काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले ४५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा हो । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
नेशनल माइक्रोफाइनान्सले हाल कायम ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । बोनस वितरणपछि चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष यस लघुवित्तले २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्