×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको खुद नाफा घट्यो, नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेको इन्स्योरेन्सको खुद नाफा घट्यो, नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?

Artha Sarokar

३० कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । कम्पनीले पहिलो त्रैमाससम्म आइपुग्दा ७ करोड १९ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षकोभन्दा ४२.१८ प्रतिशतले बढ हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड ४४ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको बिमा कोषको आकार २९.०२ प्रतिशतले बढेर १ अर्ब १५ करोड ३३ लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको बिमा कोषमा ८९ करोड ३९ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष ४३ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष १४.०३ प्रतिशतले बढाएर ४९ करोड ३५ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसाले घटेर २१ रुपैयाँ ८५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी