काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको बताएको छ । मंगलबारको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी र दुग्धजन्य पदार्थ, दमकल लगायतका सेवा भने खुल्लै रहनेछन् भने बजार व्यवसाय, स्कुल, कलेज, कलकारखाना, यातायात लगायत अरु सबै क्षेत्र बन्द आव्ह्वान गरिएको नेकपाले जनाएको छ ।
कस्तो छ प्रभाव ?
नेकपाले आयोजना गरेको नेपाल बन्दको केहि स्थानमा राम्रो प्रभाव परेको छ भने केहि ठाउँहरुमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकामा विशेषगरी भाडाका गाडी विहान खासै चलेको देखिएको छैन । यद्यपी निजी गाडीहरु भने केहि मात्रामा चलेका छन् । तर नीजी गाडी पनि अघिल्लो दिनका तुलनामा सार्है कम मात्र चलेका छन् । देशभरका अधिकांस स्कुलहरु बन्द भएका छन् । शहरी क्षेत्रका पसलहरु बन्द भएका छन् । प्रतिबन्ध फुकुवापछी पहिलोपटक आयोजना भएका कारण पनि बन्दलाई सफल बनाउन भन्दै विप्लव नेकपाका कार्यकर्ताहरु पनि सडकमा आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्