काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफनो २७औं वार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ । कोभिड-१९ को संक्रमण हुन सक्ने जोखिम हालसम्म पनि कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको परिपालना गर्दै साधारणसभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिले गर्दा साधारणसभामा अनलाइन (Zoom Cloud Meetings)को माध्यमबाट भच्र्युअल रूपमा सम्पन्न गरिएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष ए.आर.एम. नजसमुस शकिबको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७/०७८ को मूनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर तथा ३.५० प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरेको थियो ।
साथै बैंकले कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीहरू अपनाई सेयरधनीहरुको उपस्थितिमा सम्पन्न निर्वाचनबाट बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गरिएको पनि बैंकले जनाएको छ ।
उक्त निर्वाचनमा संस्थापक समूहबाटी ए.आर.एम नजमुस शकिब, एम. शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएका बैंकले जानकारी गराएको छ । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैंकि सुविधा दिंदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्