Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता, विना धितो १५ लाखसम्मको कर्जा उपलब्ध गराईने

अर्थ सरोकार

काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालयबीच सम्झौता भएको छ । बैंक र विश्वबिद्यालयबीच उक्त विश्वबिद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । मंसिर ८ गते बैंक र विद्यालयबीच त्रिभुवन विश्वबिद्यालय किर्तिपुरमा सम्झौता सम्पन्न भएको हो । त्रिभुवन विश्वविधालयका उपकुलपति प्रा। डा। धर्मकान्त वास्तोला र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थितिमा त्रिभुवन विश्वबिद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले त्रिभुवन विश्वबिद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने भएको छ । उक्त कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल, रजिष्टार प्रा। डा। पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै बैंकको किर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञान राज गौतम लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK