काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बैंक लिमिटेडको खुद नाफा ३७.१४% ले बढेको छ । बैंकले यो अवधिसम्म आउँदा ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा भने बैंकले ५५ करोड ४ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा भने घटेको छ । बैंकको सो सूचक २५.२८% ले घटेर १४ करोड ६८ लाख १ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै बैंकको खुद ब्याज आम्दानी ११.९८% र सञ्चालन नाफा २१.९७% ले बढेपछि खुद नाफामा पनि सुधार आएको हो ।
यता बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३८ पैसाले बढेर २३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ भने २७० रुपैयाँ ४४ पैसा छ ।