×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ प्रतिशत लाभाशं पारित गर्ने विशेष प्रस्तावसहित नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो मंसिर १७ गते वार्षिक साधारणसभा

PRIME CA
GLOBAL IME BANK

१६ प्रतिशत लाभाशं पारित गर्ने विशेष प्रस्तावसहित नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो मंसिर १७ गते वार्षिक साधारणसभा

२ मंसिर २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मंसिर वार्षिक साधारणसभा बोलाएको छ । बैंकले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित मंसिर १७ गते साधारणसभा बोलाएको हो । साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

कम्पनीले अधिकृत पुँजी बढाएर १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गर्ने भएको छ । साथै बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेण्डा पनि रहेको छ । सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी बन्न सकिने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: