बागलुङ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यलयका प्रमुख लोक बहादुर कुँवरले दुर्गम क्षेत्रमा आई इन्स्योरेन्सले जनतालाई सेवा पुराउनु प्रशंसनीय रहेको बताए। बिमाले आर्थिक क्षती व्यहोरिदिने हुँदा मृतकका परिवारलाई ठुलो आर्थिक राहत हुने साथै मृत्यु दाबी भुक्तानी जस्ता कार्यले सर्वसाधारण नागरिकमा बिमा प्रति अझ बढी विश्वास बढाउने उनको भनाइ थियो । बिमित सुनिरा श्रेष्ठले आफ्नो र श्रीमान् दुवै जनाको जोखिम बहन हुने गरि १० लाखको जीवन सारथि बिमा योजना खरीद गरेका थिए । बिमितलाई उनका बाबू र दाजुले २०७७ मंसिर २२ गते बिहेमा बिमा पोलिसी उपहार दिएका थिए ।
बिमितले पहिलो किस्ता बापत ७० हजार ३ सय ५० रुपैयाँ मात्र कम्पनीलाई भुक्तानी गरेका थिए । बिमितका श्रीमान् दीपराज भण्डारीको बिमारीका कारण निधन भएको थियो । श्रीमानको निधन पछि आर्थिक जोखिम वापतको बिमांक बराबरको १० लाख रुपैयाँ बिमितका दाजु अमृतकुमार श्रेष्ठलाई कार्यक्रमकाबीच प्रमुख अतिथि र विशिष्ट अतिथिद्धारा संयुक्त रूपमा हस्तान्तरण गरिएको हो । अब बिमितले किस्ता बापत कुनै रकम तिर्नुपर्ने छैन भने बिमा अवधि १६ वर्ष पछि फेरि कम्पनीले बिमांक रकम १० लाखमा आर्जित बोनस रकम थप गरि २० लाख बराबरको एकमुष्ट रकम बिमित सुनिरा श्रेष्ठलाई भुक्तानी गर्ने भएको छ । उनको बिमा समेत सुचारु रहनेछ ।
कार्यक्रममा इन्स्योरेन्स एशिसिएसन अफ बुर्तिबाङका अध्यक्ष छविलाल पाण्डे, बैंकर्स एशोसिएन अफ बुर्तिबाङका सचिव प्रेमनाथ पौडेल, बिमितका दाजु अमृत कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रममा विशिष्ट अतिथि नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर छेला नेपाली, इलाका प्रहरीका प्रतिनिधि, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिकर्ता, व्यावसायी लगायत बिमितको उपस्थिति रहेको थियो । पेशागत अभिकर्ता संघ, बुर्तिबाङका अध्यक्ष लक्ष्मी सेनको अध्यक्षतामा बुर्तिबाङको होटल दरबारमा सम्पन्न कार्यक्रमको संचालन बुर्तिबाङ उपशाखा प्रमुख प्रनिश गिरिले गरेका थिए भने स्वागत मन्तव्य एजेन्सी म्यानेजर वेद बहादुर बुढाले गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्