Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक निती समिक्षा : निजी क्षेत्रले विदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण ल्याउन सरलिकरण गरिने

अर्थ सरोकार

काठमाडौं । नेपालको निजी क्षेत्रले विदेशी बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै निजी क्षेत्रले विदेशबाट संस्थागत ऋण लिन चाहेमा नेपालका वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सकिने व्यवस्था गरेको हो । यसअघि नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई विदेशबाट संस्थागत ऋण लिन रोकेको थियो ।

राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीहरुले विदेशबाट संस्थागत ऋण लिन पाउने भएका छन् । निजी क्षेत्रले नेपालको बैंकिङ क्षेत्रको व्याज महंगो भएको तथा तरलता अभाव जस्ता कारणले भनेकै समयमा मागे जति कर्जा प्राप्त हुन नसकेको कारण विदेशबाट संस्थागत कर्जा लिन पाउने बाटो खुल्ला गर्न माग गरिरहेको थियो । याँ व्यवस्था कार्यान्वयन भएपछि नेपालका निजी क्षेत्रले विदेशबाट कर्जा ल्याउने बाटो खुला भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK