काठमाडौं । विगत केहि वर्षदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको “टिम नेपो“ ले यस वर्षपनि, नोभेम्बर २० मा फरक क्षमता भएका व्यक्तिहरुका लागि, नवज्योति प्राइमरी विद्यालय पाँगा, किर्तिपुर, काठमाण्डौंमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । उक्त शिविर मार्फत २९ जना व्यक्तिहरुलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै, जेष्ठ नागरिकहरुलाई पनि सेवा उपलब्ध गराएको थियो ।
शिविरमा चिकित्सकहरुले समस्या अनुसारको औषधी मात्र नतोकेर, उनीहरुलाई सल्लाह र स्वच्छता÷स्वास्थ्य सम्बन्धित सामग्री जस्तैं साबुन, मास्क, इम्युनिटी टि पनि प्रदान गरेका थिए । राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपालका अध्यक्ष महेन्द्र थापाले आफ्नो प्रारम्भिक मन्तव्य राख्दै फरक क्षमता भएका व्यक्तिहरुको लागि आवश्यक परेको समयमा यस्तो राम्रो सहयोग गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
डा.आभास आचार्य, अध्यक्ष NAMMS,आईएमडीएफका बोर्ड सदस्य डा. सुशान्त भण्डारी, एएमडीआरएफका उपाध्यक्ष डा. रोबिन श्रेष्ठ, टिम नेपोका सहसचिव डा. सञ्जु कार्की, डा.प्रदीप अधिकारी, डा.प्रतिमा ढकाल, डा.अजय राजवंशी, डा.कमल विक्रम पौडेल र डा.महेश अर्यालले उद्घाटन समारोह गरेपछि शिविरमा बिरामीको सेवा गरेका थिए । प्रधान परिवार परोपकारको सहयोगमा, राष्ट्रिय अपाङ्ग युवा सञ्जल नेपालको संयोजकत्वमा साथै नेपाल आयुर्वेद मेडिकल स्टुडेन्ट्स सोसाइटी र एकीकृत चिकित्सा विकास प्रतिष्ठानको सहकार्यमा उक्त शिविर सञ्चालन भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्