काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासमा ४ करोड ७५ लाख लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा गत वर्षकोभन्दा ३१६.३५ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ करोड १४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीले यो त्रैमासमा सञ्चालन नाफा ७८.६६ प्रतिशत र खुद ब्याज आम्दानी ६०.०३ प्रतिशतले बढाएको छ ।
कम्पनीको ९.४० प्रतिशतले कर्जा लगानी बढेको छ भने ४५.५९ प्रतिशतले निक्षेप संकलन बढेको छ । यस्तै प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३३ पैसाले बढेर ३८ रुपैयाँ ५२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ ८७ पैसा रहेको छ । हाल यसको चुक्ता पुँजी ४९ करोड ३८ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ७१ करोड रुपैयाँ रहेको छ । यसैगरी कम्पनीको खराब कर्जा ४.७१ प्रतिशतबाट घटेर ४.६८ प्रतिशत पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्