×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्राहकलाई मात्र होइन भेन्डरलाई पनि धुरुधुरु रुवाउँछ एनआइसी, ‘२ पटक बिल हरायो, ३ बर्षसम्म भुक्तान भएन…’

काठमाडौँ । एनआइसी एशिया बैंकले ग्राहकलाई सार्है झुर सेवा दिन्छ भन्ने तथ्य अव नौलो रहेन । एनआइसी एशियाका ग्राहकले दुख पाउँछन् भन्ने तथ्य ओपन सेक्रेट झैं भएको छ । समयमा काम नहुने, अत्याधिक भीड हुने, काममा लापरवाही हुने, लगायतका समस्या अव एनआइसी एशियाका परिपूरकझैं बनेका छन् । एनआइसी एशियामा खाता खोल्नु भनेकै दुख पाउन तयार भएर सुरु गरिएको एउटा काम भन्न थालिसकेका छन्, ग्राहकहरुले । यतिसम्म कि २०० कस्टुमर हुँदा र २००० कस्टुमर हुँदा बैंकको धेरै शाखाका पूर्वाधार उही छन् । सेवाका हिसाबले नेपालका बाणिज्य बिभागमध्येकै सबैभन्दा झुर बैंक नै एनआइसी एशिया बनेको छ ।

यस्तै कर्मचारीको हकमा पनि एनआइसी धेरै हदसम्म पीडादायी छ भन्ने कुरामा दुईमत छैन । बैंकले कर्मचारीलाई पेलाएर यस्तो तथ्य स्थापित गरेको छ, अहिले कुनै बैंकका कर्मचारी बेलुकीसम्म अफिसमा बस्नुपर्यो भने- ‘आज त एनआइसी एशियानै जस्तो भयो अफिस’ भन्ने गरेका छन् । कुनै बैंकर ढिलोगरी घर पुग्यो भने उनलाई साथीहरुले ‘के हो भईरहेको जागिर छोडेर एनआइसी गइस् कि क्या हो ?’ भनेर उडाउने गर्छन् । तर ग्राहकर कर्मचारीमात्र होइन एनआइसी एशियाभित्र काम सकेर पेमेन्टको लागि बिल पेश गर्नेहरु पनि धुरुधुरु रुनुपरेको तथ्य बाहिर आएको छ ।

प्रतिनिधि एउटा उदाहरण – फोन्सास 

फेडेरेसन अफ नेप्लिज स्टार्टअप्स एण्ड एसएमइज (फोनसास) साना तथा मझयौला उद्यमीहरुको संगठन हो । यो संघले ३ बर्ष अघि बजेटमा भएका करका परिमार्जन सम्बन्धि एक कार्यक्रम गरेको थियो बागबजारको होटल हार्दिकमा । र सो कार्यक्रममा एनआइसी एशियाले ५० हजार रुपैयाँ प्रायोजनको सहमति गरेको थियो । सहमति पत्रमा एनआइसी एशियाका तर्फबाट एक उच्च अधिकारी र तत्कालीन मार्केटिङ विभागका सुजन नाम गरेका व्यक्तिले हस्ताक्षर गरेका छन् भने फोन्सासका तर्फबाट संघका अध्यक्ष अर्जुन भट्टराईले हस्ताक्षर गरेका छन् । भव्य रुपमा सम्पन्न भएको सो कार्यक्रमपछी संघले सम्झौता अनुसारको रकम भुक्तानी गर्नका लागि बिल पेश गर्यो बैंकमा ।

बैंकले सुरुमा सम्झौता हरायो भन्यो । सम्झौता हरायो भनेपछि भट्टराईले आफुसँग भएको सम्झौता बैंकमा पठाईदिए । बैंकले ३ महिना पछी फलोअप गर्नु त भनेको थियो तर  ३ महिनापछी फलोअप गर्दा ‘बिल नै हरायो, फेरी पठाईदिनु’ भन्यो बैंकले । संघसँग विकल्प थिएन । र फेरी अर्को बिल काटेर पठाईदियो । १५ दिनपछी फोन गर्न भनिएको थियो । १५ दिन पछी फोन गर्दा फेरी त्यो बिल पनि हरायो अर्को पठाईदिनु भनेपछि भट्टराईले यसरी पटक-पटक बिल पठाउन नमिल्ने, अगाडीको हराएको बिल खोज्नु यसरी हुँदैन भनेपछि एनआइसीका कर्मचारीले हुन्छ भनेर फोन राखे । केहि दिनपछी बिल भेटियो अव पेमेन्ट हुन्छ भन्ने खबर पनि आयो । तर आज ३ बर्ष बित्यो, सो रकम आएको छैन ।

यो विषयमा तत्कालीन बैंकका हस्ताक्षरकर्ता सुजन अधिकारीलाई पनि सम्पर्क गरेका थिए फोन्सासका प्रतिनिधिले । उनले आफु बैंक अफ काठमाडौँ आइसकेको र सो कुरा धेरै अगाडीको भएकाले सो पेमेन्ट नभएको थाहा पाउँदा अचम्म लागेको बताएका छन् । फोन्सासको सम्झौता हुँदा सो ब्रान्ड विभागका हेड सरोज भट्टराई थिए । भट्टराईले आफुलाई सम्पर्क नै नगरी भएका सम्झौतामा यसरी नै हलो अड्काउने आरोप बैंककै कर्मचारी पनि स्वीकार्छन् ।

यसले समग्र एनआइसी एशिया बैंकभित्र कुन हदसम्मको बेथिति छ भन्ने प्रष्ट पार्छ ।

मिडियाकै पेमेन्ट ११ महिना ढिलो !

अरु त कुरै छोडौं न, यो समाचार तपाईंले जहाँ पढीरहनुभएको छ नि, हो यहि मिडिया अर्थ सरोकारको पेमेन्ट पनि ११ महिना ढिलो भएको थियो एनआइसी एशियामा । ४ बर्ष अगाडी विज्ञापन गरेको बिलको रकम ३ बर्ष अगाडी मात्र आएको थियो । यसबारेमा बैंकका तत्कालीन ब्राण्ड हेर्ने अधिकारी कैलाश गौतमले -अगाडीका बिल धेरै नै पेन्डीङ रहेछन् अव म सब गरिदिन्छु भन्दै अन्तत: पेमेन्ट गरिदिएका थिए । यसरी थुप्रै हिसाब गोलमाल भएको छ एनआइसी एशियामा । ६-७ महिनामा पनि पैसा नआएपछि कतिपयले त फलोअप गर्न नै छोडेका थिए । विशेषगरी तत्कालीन समयमा सरोज भट्टराईले नेतृत्व गरेको विभागमा यस्तो समस्या देखिएको थियो । आफ्ना नजिकका मिडियाको पेमेन्ट फ्याट्टै गरिदिने तर आफुसंग सल्लाह नै नगरी माथिबाट नै कुरो टुंग्याएर काम लिनेहरुको पेमेन्ट भट्टराईले नै रोकिनेदिने गरेको आरोप बैंकभित्रकै अधिकारीहरुले लगाउने गरेका छन् । फोन्सासको हकमा पनि सिधै माथि कुरा गरेर गरिएको सम्झौता भएकाले भट्टराईले अहिलेसम्म उनको पेमेन्ट रिलिज नगरेको तर्क बैंककै अधिकारीको छ । भट्टराईले बैंकभित्र यतिसम्म बदमासी गरेका छन् कि, आफु निकटका मिडियालाई ‘अझ बढाएर रेट पठाउनु भन्ने’ र सिधै माथिबाट काम गर्नेको सकेसम्म नाम काट्ने गरेका छन् ।

अर्थ सरोकारको पेमेन्ट किन ढिलो भयो ? भन्ने प्रकरणमा त्यतिबेला बैंककै अधिकारीहरु भन्थे- ‘तपाईंहरु सिधै माथि कुरा गरेर बिज्ञापन लैजाने । सरोजलाई भेटेर ज्युज्यु नगर्नेहरुको पेमेन्ट कहाँ समयमा हुन्छ त ? के कुरा हो सरोजसँग मिलाउनुपर्ने होला, के होला, धेरै त भन्न मिल्दैन तर कुरा बुझ्नु।’

यसो त भट्टराईले केहि राम्रा मिडियाहरुको छनोटमा आफु पटक पटक चुकेको र पेमेन्ट पनि ढिला भएको स्वीकार्ने गरेका छन् । तर उनको दाबी छ- ‘यसमा मेरो कुनै गल्ती छैन ।’

यता फोन्सासको विषयमा भने उनले यस विषयमा आफुलाई थाहा नभएको र सम्झौता नै गरिसकेको विषयमा बैंकले पेमेन्ट गर्नुपर्ने बताउँछन् । ‘मैले अड्काएको भन्ने कुरा सरासर गलत हो । सम्झौता बैंकले गरेको हो । सम्झौता अनुसारको पेमेन्ट हुनुपर्छ ।’ अर्थ सरोकारसँग उनले भने-‘फोन्सासको साथीलाई मलाई भेट्न पठाईदिनु । बाँकी म कुरा गरौंला ।’

एनआइसी एशियाले पुन : ब्राण्डको जिम्मा भट्टराईलाई नै दिन खोजेको छ । कोभिडका बेला सुक्को बजेट नभएका बखत कैलाश गौतमलाई ‘सबैको गाली खान अगाडी सारेर’ अहिले बजेट पास हुन लागेको भन्दै ब्राण्डको जिम्मा भट्टराईलाई दिन खोजिएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: