काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ योजना ल्याएको छ । बैंकले मोबाइल बैंकिङ एनआईसी एशिया मोबैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिना नै नगद रकम झिक्न सकिने सुविधाको सुरुवात गरेको छ ।
यो सेवा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विथड्रअल आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गरेर ट्रान्जिक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् ।
ग्राहकले आफूलाई प्राप्त सोही ओटीपी एटिएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जिक्सभित्र गई निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रअल आइकनमा थिचेपछि आफुलाई चाहीएको नगद रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सहज डिजिटल बैंकिङ सेवा दिँदै आएको यस बैंकले बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले बैंकको देशैभर रहेका ४७३ एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने सुविधाको सुरुवात गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्