×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष कपिल ढकालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनिर्वाचित अध्यक्ष कपिल ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संस्थामा निर्वाचित-मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा ३५ दिनभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिइ सक्नु पर्ने भन्ने व्यवस्था बमोजिम नवनिर्वाचित अध्यक्ष कपिल ढकाल मंसीर ८ गत बुधबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक समारोहकाबीच बैक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट आफ्नो पद तथा गोपनियताको सपथ लिएका हुन् ।

संस्थाको चौथो बार्षिक साधारणसभाबाट संचालकमा निर्विरोध निर्वाचित भई लगत्तै बसेको संचालक समितिको बैठकले कपिल ढकाललाई अध्यक्ष पदमा सर्वसहमत रुपमा चयन गरेको थियो । यस वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाको जगमा संस्थाले हाल मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरुमार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रयमास सम्ममा करिव १ लाख ५० हजार सेवाग्राही सदस्यहरुलाई सेवा प्रदान गर्न सफल यस वित्तीय संस्थाले लघुकर्जा तर्फ कुल लघुकर्जा रकम करिब २३ अर्ब ५० करोड र बचत तर्फ ३ अर्ब ४३ करोड ८७ लाख पुर्याउन सफल भएको छ ।

राष्ट्रिय स्तरको अग्रणि लघुबित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक,बझाड, बाजुरा, अछाम, दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमासमेत शाखा विस्तार गरी वित्तीय तथा वित्तीय साक्षरता, सामाजिक जनचेतना लगायतका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: