×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा वित्तीय विवरण प्रकाशित, कमायो ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्धारा वित्तीय विवरण प्रकाशित, कमायो ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद नाफा

Artha Sarokar

२८ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । निफ्राले पहिलो त्रैमाससम्म आइपुग्दा ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत वर्षको यसै अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो । निफ्राले गत वर्ष यसैअवधिमा १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता कम्पनीले ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन खुद ब्याज आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४५.७८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

यस्तै अघिल्लो वर्ष २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३४.२० प्रतिशतले बढाएर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १६ पैसाले घटेर ४ रुपैयाँ ८४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी भने ६६.६७ प्रतिशतले बढेर २० अर्ब रुपैयाँ पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी