×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तद्धारा लाभांश घोषणा, सेयरधनीले २९.५% बोनसका साथमा कर तिर्न १.५५% नगद पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्धन उत्थान लघुवित्तद्धारा लाभांश घोषणा, सेयरधनीले २९.५% बोनसका साथमा कर तिर्न १.५५% नगद पाउने

Artha Sarokar

१० मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ३१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएका छन् । गत वर्ष कम्पनीले कुल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी