काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ५.०२ प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले ६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद बिमा शुल्क भने ५७.२९ प्रतिशतले वृद्धि गरी ३३ करोड ३० लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष कम्पनीले २१ करोड १७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । बिमा कोषको आकार पनि गत वर्षको यसै अवधि भन्दा १३.६५ ले वृद्धि भएको छ । गत वर्ष ९२ करोड ६९ लाख रुपैयाँ रहेको बिमा कोष यो त्रैमासमा १३.६५ ले वृद्धि गरी १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
एनएलजीको खुद दाबी भुक्तानी १७ करोड १९ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ६३ पैसा रहेको छ । जगेडा कोषमा ४५ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्