काठमाडौं । एनएलजी इन्स्योरेन्सको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले गत साउन १३ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । कम्पनीको साउन २१ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।