काठमाडौं । वल्र्ड डाइबिटिज डे(विश्व मधुमेह दिवस)को अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ । विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो । मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ ।
विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले रु. ६००० तिरे पुग्छ । यो शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु हुनेछन् । सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा सीमित गरी प्याकेज तयार गरिएको हो ।
नर्भिकले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा. डिना श्रेष्ठको निःशुल्क कन्सलट्यान्ट सेवा समेत संचालन गर्नेछ । कुनै पनि व्यक्तिको रिपोर्ट असामान्य आएको खण्डमा मात्र डा. श्रेष्ठको कन्सलट्यान्ट सेवा निःशुल्क हुने शर्त राखिएको छ । यसैगरी, नर्भिक अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर हाईब्लड सुगरको संभावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको अफर सार्वजनिक गरेको छ । एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो । यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणा समेत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्