×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नर्भिकमा आगामी शनिवार पाचनप्रणाली सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ । कात्तिक २७ गते शनिवारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपिडी संचालन हुन लागेको हो ।

अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । यही सेवा अन्तर्गत शनिवार १० देखि १२ बजेसम्म डा.कुँवरले निःशुल्क सेवा दिन लागेका हुन् ।

सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: