×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नर्भिकमा आगामी शनिवार बालरोग र हाडजोर्नी सम्बन्धि निःशुल्क ओपिडी सेवा संचालन हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरुले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । बालरोग विशेषज्ञ डा. जोशीले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा. जोशीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् ।

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: