काठमाडौं । संरक्षित वन्यजन्तु कस्तुरीको आखेटोपहारसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घरभई काठमाडौं महानगरपालिका वडा नं. १४ मा बस्ने २८ वर्षिय दिपेश तिमल्सिना रहेका छन ।
केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खु एरियामा आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।
उनलाई आवश्यक कानूनी कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडौं बुझाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्