Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रक्राउ, चार दिन कैद र २० लाख जरिवाना

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई तनहुँको भानु स्थायी ठेगाना भई काठमाडौंका हादीगाउँ बस्दै आएकी ४५ वर्षिय शोभा गुरुङलाई प्रक्राउ गरेको हो ।

गुरुङले २०७५ साल साउन १५ गते एनआईसी एसिया बैंकको पैसा नभएको चेक जानीजानी दिएको उजुरीका आधारमा २०७७ असार १ गते पाटन उच्च अदालतले प्रक्राउ पुँजी जारी गरेको थियो । अदालतले २० लाख दाबीसहित ४ दिन कैद फसला सुनाएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले निज प्रतिबादीलाई कुपण्डोल, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK