पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका-२८ बगही र वडा नं २९ रतनपुरलाई जोड्ने भेढहा खोलामा पक्की पुल निमार्ण थालिएको छ । प्रदेश नं २ सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को विनियोजित बजेटअन्तर्गत कूल एक करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो ।
पुल निर्माण भएपछि पर्साको पर्सागढी नगरपालिकाका सबै वडा र वीरगञ्ज महानगरपालिकाको वडा नं २८, २९, ३०, ३१ का स्थानीयवासी लाभान्वित हुनेछन् । लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएपछि पुल निर्माणको काम अघि बढेको हो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्