×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : भत्ता लिन एक दिनको बाटो हिँडेर बैंक पुगे वृद्धवृद्धा, संरक्षणको पर्खाइमा मकवानपुरगढी दरबार…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : भत्ता लिन एक दिनको बाटो हिँडेर बैंक पुगे वृद्धवृद्धा, संरक्षणको पर्खाइमा मकवानपुरगढी दरबार…!

१५ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित बैंकमा सामाजिक सुरक्षाभत्ता लिन फम्दाबाट एक दिन हिँडेर आएकावृद्धवृद्धादेखि संरक्षणको पर्खाइमा रहेको मकवानपुरगढी दरबारसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित बैंकमा सामाजिक सुरक्षाभत्ता लिन फम्दाबाट एक दिन हिँडेर आएका नागरिक ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं २ मा अवस्थित गढी दरबार । विसं  १८१९ माघ १० गते मिरकासिमका फौजविरुद्ध गोर्खाली सेनाले विजयी प्राप्त गरेको मकवानपुरगढी अहिले भग्नावशेष मात्रै रहेको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं २ मा अवस्थित गढी दरबार । विसं १८१९ माघ १० गते मिरकासिमका फौजविरुद्ध गोर्खाली सेनाले विजयी प्राप्त गरेको मकवानपुरगढी अहिले भग्नावशेष मात्रै रहेको छ ।

डाला, भकारी बिक्री गर्दै गाउँ घुमेका व्यापारी । यतिबेला धान, कोदोलगायत बाली भित्र्याउने समय भएकाले यस्ता सामग्रीको गाउँघरमा माग हुने गर्दछ ।

शुक्लाफाँटा नगरपालिका– २ का महिला किसान कात्तिके उखु रोप्दै ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिराले क्षति गरेको घरका काठ, जस्तालगायत सामग्री निकालिँदै ।

पहिरोले क्षतविक्षत बनेको पाँचथरको मिक्लाजुङ गाउँपालिका । गत कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको वेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा यो गाउँपालिकामा ठूलो भौतिक क्षति भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ का किसान खेतबाट धान घरतर्फ ल्याउँदै ।

म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतका किसान धान झार्दै । यति बेला कृषकलाई धानबाली भित्र्याउन चटारो परेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी